समाचार

उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

bike chori

१६ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्‍वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौं–१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई बुधबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

धर्मस्थलीबाट जिल्ला नुवाकोट काउले गाउँपालिका वडा नम्बर ५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्गलाई प्रदेश ३-०२,०१६ प ३८०४ नम्वरको रातो रंगको २०० सीसीको पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । उक्त नम्वरको मोटरसाईकल गत कार्तिक २ गते खुमलटार ललितपुरबाट हराएको थियो । निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाईएको छ ।

त्यस्तै, काठमाडौं म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमण्डौ झोर बस्ने वर्ष २२ को किरण लामा, जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमण्डौ गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, जिल्ला नुवाकोट सुर्यगडी गाउँपालिका वडा नम्बर १ घर भई हाल जिल्ला काठमाण्डौ मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ्ग र जिल्ला बारा करैया गाउँपालिका वडा नम्बर ४ घर भई हाल तार्केश्‍वर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरूको साथबाट प्रदेश ३-०२-०१५ प ३६०४ नम्वरको कालो  रंगको १५० सी।सी।को पल्सर मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाईकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । उक्त नम्वरको मोटरसाईकल गत असार २१ गते काठमाण्डौको तार्केश्‍वर नगरपालिका-५ गोल्ढुङ्गाबाट हराएको थियो । निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस