समाचार

भोली ग्यापु र सिभिल मलको ‘न्यू इयर कन्सर्ट’

gyapu and civil mall

१६ पुस, काठमाडौं । नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलले १ जनवरी ( पुस १७) मा ‘न्यू इयर सेलिब्रेसन’ को आयोजना गरेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलको फुड कोर्टमा दिउँसो २ बजे सुरू हुने कार्यक्रममा अलमोडा राना उप्रेती र इन्नोभेट एण्ड ब्याण्ड लगायतको लाइभ प्रस्तुति रहने ग्यापुकि बिजनेस डेभलपमेन्ट म्यानेजर सुरजनी केसीले बताइन् ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण काष्ठमण्डप टेलिभिजनले गर्ने बताइएको छ । साथै, ग्यापु मार्केटप्लेस र सिभिल मलको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिनेछ । कोभिड १९ का कारण लामो समयदेखि सांगीतिक कार्यकम नभैरहेको सन्दर्भमा स्वास्थ सुरक्षा सावधानीका साथ कन्सर्ट गर्न लागिएको सिभिल मलका सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए ।

कार्यक्रम हेर्न उपस्थित सहभागीले ग्यापु मार्केटप्लेस र एक्सलट्रिपको तर्फबाट उपहार र छुट भौचर प्रदान गरिने बताइएको छ । कार्यक्रम एक्सलट्रिप नेपालसँगको समन्वयमा आयोजना गरिएको हो । ग्यापु र सिभिल मलकै आयोजनामा २५ डिसेम्बर ‘क्रिसमस’ को अवसरमा पनि लाइभ कन्सर्ट गर्ने गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *