समाचार

इमाडोलमा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

harka bdr bika

१६ पुस, काठमाडौं । ललितपुरको इमाडोलमा ९ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इमाडोलको बोजे पोखरीमा डेरा गरी बस्ने ४२ वर्षका हर्कबहादुर विक छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले अजानकारी दिए ।

प्रहरीका अनुसार पैसा दिने प्रलोभनमा बालिकालाई बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेपछि विकलाई समातेर अनुसन्धान थालिएको थियो । विकविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

बालिकाको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षणसमेत भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस