विश्व/प्रवास

एनआरएनए दक्षिण कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्री सम्मानित

raju chhetri

१६ पुस, काठमाडौं । गैरआवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्री त्यहाँको न्याय मन्त्रालयबाट सम्मानित भएका छन् । अपराध रोकथाम र स्थानीय समुदायमा युवालाई सही मार्ग दर्शन दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्रालयले क्षेत्रीलाई सम्मान गरेको हो ।

पूर्वअध्यक्ष क्षेत्रीलाई दुई वर्षअघि पोचान महानगरपालिकाले मानार्थ राजदूतमा नियुक्त गरेर सम्मान गरेको थियो भने सन् २०१३ मा सोल नगरपालिकाले तेक्वान्दो खेलको विकासमा उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो ।

उनी दक्षिण कोरियामा नेपाली व्यावसायी भन्दा तेक्वान्दो खेलाडी, प्रशिक्षक र रेफ्रीका रुपमा बढी परिचित छन् । धेरै समय खेलकूदमा बिताउने क्षेत्री छैठौं डान ब्याल्क बेल्टधारी हुन् । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर स्वर्ण सहितका पदकहरु जितिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस