समाचार

बुटवलको राजस्व अनुसन्धान कार्यालयभित्र राखिएको ट्रकबाट पेस्तोल बरामद

pestol baramad

१६ पुस, बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र रहेको भारतीय ट्रकबाट प्रहरीले पेस्तोल फेला पारेको  छ ।

राजस्व अनुसन्धानसम्बन्धी मुद्दामा राजस्व अनुसन्धान कार्यालयभित्र रहेको भारतीय जि जे ०६ एजेड ६३५९ नम्बर प्लेटको ट्रकबाट प्रहरीले एक थान पेस्तोल बरामद भएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार प्रहरी र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा फेला परेको बताए ।

कन्टेनरकै एयर फिल्टरमा लुकाई राखेको अवस्थामा वेवली ३२ लेखेको पेस्तोल फेला परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान शूरु भएको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस