समाचार

नेपालको राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोल्यो

American flag

१७ पुस, काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यसलाई नेपालको आन्तरिक मामिला भनेको छ ।‘

यो नेपालको सार्वभौम संस्था र राजनीतिक दलले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानुनको शासनअनुरुप समाधान गर्ने आन्त्रिक मामिला हो’ दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनिन् ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । सो विषयलाई लिएर यसअघि भारत र चीनले पनि यो नेपालको आन्तरिक मामिला रहेको आशय राखेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस