समाचार

अज्ञात समुहले गरे सरकारी गाडीमा आगजनी

gadi aagjani

१७ पुस, जाजरकोट । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ ।

जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नंको उक्त गाडी भेरी नगरपालिका–७ पुन्मा गए राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर पूर्णरूपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस