
१७ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनपछि अघोषित रूपमा विभाजित बनेको सत्तारूढ नेकपाका उपाध्यक्ष बामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
गौतम शुक्रबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए । दुई नेताबीच आधा घण्टा कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
उनीहरुबीच भएको कुराकानीबारे जानकारी दिइएको छैन । तटस्थ बनेका वामदेवलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन् भने गौतमले पार्टी एकतामै जोड दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस