
१७ पुस, काठमाडौं । अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । माघे संक्रान्तिको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको निर्माण युनिटले जनाएको छ ।
निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की एक अर्काको अंगालोमा बाँधिएका छन् ।
विके फिल्मस् र एफडी कम्पनीले यो चलचित्रको वितरण गर्नेछ । प्रेम र एक्सनको मिश्रणमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारले अभिनयग रेका छन् । चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयम दर्शनधारीले चलचित्र क्षेत्रमा पाइला राख्दैछन् ।
यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ ।