समाचार

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग सहित राप्रपा सडकमा

rpp rally

१७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस प्रदर्शनीमार्गमा जम्मा भएर भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । विरोध जुलुसमा राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहित नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

पार्टीले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापनासहित भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्यालगायतका विषयको समाधान गर्न सरकारलाई दवाव दिन प्रदर्शन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

rpp rally 2 rpp rally 3 rpp rally 4 rpp rally

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस