समाचार

हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

motorcycle handover

१७ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । मोटरसाइकल हराएको उजुरीका आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ती मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको हो ।

पदम लामा, प्रदिप थापा, सोनी भट्टराई, कैलाश श्रेष्‍ठ, साङ्‍मु शेर्पा, बुद्धि जंग गुरूङ, साङ्गे तेन्जिङ महत, राज कुमार बुढाथोकी, सुरज कुमार पोखरेल, राजेश कुमार पोदार, वासुदेव गुरूङ, कृष्‍णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पिङकी सितिखु, अन्जु गिरी, देव कुमार तामाङ, भुवन कुमार सुनार, विकास मगर र प्रवेश राईलाई हराएको मोटरसाईकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

महाशाखाका अनुसार पुस महिनामा मात्रै मोटरसाइकल चोरीमा संलग्न नौजनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । जथाभावी मोटरसाइकल पार्किङका कारण चोरी बढेको भन्दै सवारी–साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलारामलगायतका उपकरण जडान गर्न, घर कम्पाउन्डमा पार्किङ गर्दा सचेतता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस