
१७ पुस, काठमाडौं । तेक्वान्दोका नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टायरलेस हिरोज वेल्जियन कप २०२० मा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।
वेल्जियम तेक्वान्दो महासंघको आयोजनामा डिसेम्बर २६ देखि २८ तारिसम्म भएको प्रतियोगितामा खड्का उत्कृष्ट चुनिएका हुन् । प्रतियोगितामा विभिन्न राष्ट्रका १० निर्णायक सहभागी थिए ।
भर्चुअल प्रतियोगितामा पुम्से र हाइ स्पिड किकमा प्रतिस्पर्धामा भएकोमा खड्काले दुवैमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक मात्र नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
प्रतिक्रिया दिनुहोस