समाचार

नक्कली कागजपत्र तयार गरेको आरोपमा ६ जना पक्राउ

arrest

१७ पुस, धनुषा । नक्कली कागजपत्र तयार गर्ने कार्यमा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका ८ स्थित विभिन्न ठाउँबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार घर भई हाल मोरङ विराटनगर उपमहानगरपालिका ४ बस्ने २७ वर्षीय समिर साह, महोत्तरी भंगाहा नगरपालिका ९ बस्ने २१ वर्षीय आदित्य यादव, जलेश्वर नगरपालिका २ बस्ने ३४ वर्षीय कुनाल चौधरी, धनुषा जनकपुर उपमहानगरपालिका ४ बस्ने ३० वर्षीय चन्दनप्रसाद साह, सोही उपमहानगरपालिका २ बस्ने ५० वर्षीय रामचन्द्र साह र विदेह नगरपालिका ३ बस्ने २३ वर्षीय चन्दिर राय छन् ।

जनकपुर उपमहानगरपालिका-८ स्थित होटल सिटीमा नक्कली कागजपत्र तयार गर्ने मानिस बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले होटेलको १०६ नम्बर कोठाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको नक्कली छाप, प्रमाणपत्र तथा लोगो लगायत अन्य बिभिन्न कार्यालयको छाप सहित समिरलाई फेला पारी थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ५ जनालाई समेत पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध संगठित अपराध तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस