
१७ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुनुअघि बिहीबार संसद सचिवालयले सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो । पीसीआर परीक्षणको शुक्रबार आएको रिपोर्टमा सांसद अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि सांसद अधिकारी होमआइसोलेसनमा बसेका छन् । सांसद अधिकारीको स्वास्थ्य भने सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस