१७ पुस, काठमाडौं । झुटा र नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी भ्याट र आयकर छली गर्ने राम किशोर प्रसाद विरुद्ध राजस्व अनुसन्धान विभागले एक अर्ब ३२ करोड ४६ लाख रुपैयाँ बिगो र जरिवाना माग्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
सर्लाही जिल्ला स्थायी घर भई पदमा कोलोनीमा बस्दै आएका प्रसादले कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुको नाममा मोहन ट्रेड इन्टरनेशनलसहित विभिन्न २६ वटा फर्म दर्ता गरेको, सबै फर्मको खाता आफैंले सञ्चालन गरी अघिल्लो ४ वर्षमा आयकर, मूल्य अभिवृद्धि कर र लाभांश कर समेत गरी सो बराबरको कर छली गरेको दाबी विभागले गरेको छ ।
विभागले मुल्य अभिवृद्धि करतर्फ ४३ करोड ८१ लाख ८० हजार, आयमरतर्फ ८६ करोड ५६ लाख २ हजार तथा लाभांश करतर्फ २० करोण् ८३ लाख ४ हजार रुपैयाँ छली गरेको पाइएको उल्लेख गर्दै सोही बराबर विगो र त्यसउपर जरिवाना र कैद सजाय मागदाबी गरेको हो ।