समाचार

६ हजार घुस लिएको आरोपमा प्रहरी हवल्दार पक्राउ

ciaa akhtiyar nepal

१७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा कार्यरत एकजना प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव रहेका छन् ।

भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले सेवाग्राहीबाट घुस लिएर खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएका थिए । लगत्तै अख्तियारको टोलीले साहसमेतलाई हरिनगरा बजारबाट नियन्त्रणमा लिइथप अनुसन्धान भइरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस