सूचना प्रविधि

आजबाट नेपाल टेलिकमको ‘एनटी टिभी’ सेवा सुरु

ntc

१७ पुस, काठमाडौं । नेपाल टेलिकमले आज शुक्रवार देखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुवात गरेको हो ।

टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टिभी सञ्चालनमा ल्याएको हो । टेलिकमले आजदेखि ‘फाइबर टु दि होम’ एफटीटीएचमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवाप्रवाह गर्न थालेको हो ।

कम्पनीले दुई प्याकेजमा टिभी सेवा उपलब्ध गराएको छ । जसमा सिंगल टिभी कनेक्सनसहित १५ एमबीपीएस फाइबर इन्टरनेट (बेसिक टिभी प्याकेज) को मूल्य १ हजार २३० देखि  १३ हजार २२० सम्म तोकेको छ ।

एक महिनाका लागि १ हजार २२०, तीन महिनाको ३ हजार ५३० र १ वर्षको १३ हजार २२० रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस