समाचार

प्राविधिक उपरथी डा. खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

badhuwa

१७ पुस, काठमाडौं । उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

यही पुस १५ गतेको मन्त्रिपरिषदको निर्णयबाट बढुवा भएका खत्रीलाई शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

यससँगै खत्रीलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस