समाचार

कालिकोटमा भीरबाट लडेर महिलाको मृत्यु

bead body tag

१७ पुस, कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–३ गोठीमा स्याउला लिन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर आज मृत्यु भएको छ । वडा नं ३ गोठीका जन बुढाकी ३६ वर्षीया गोरीकला बुढाको स्याउला लिन जङ्गल गएका बेला भीरबाट मृत्यु भएको हो ।

भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको उनका जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिए । बिहान स्याउला लिन जङ्गल गएकी भाइबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा भेटाएको उनले बताए ।

इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस