समाचार

आन्दाेलन छाडेर चुनावकाे तयारीमा लाग्नुस् : सञ्चारमन्त्री गुरुङ

parbat gurung

१७ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरूलाई आगामी वैशाखमा हुने चुनावकाे तयारीमा लाग्न आग्रह गरेका छन् ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संसद पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरुलाई आगामी वैशाखमा घोषणा भएको निर्वाचनको तयारीमा लाग्न अनुरोध गरेका हुन् ।

उनले सरकारले निर्वाचनको तयारी गरेको, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा संसद पुर्नस्थापनाको आशा नगरी निर्वाचनमा लाग्न अनुरोध गरे ।

मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन पछि सरकारले गरेका कामको वैधानिकतामाथि प्रश्न उठ्ने गरेको भन्दै सरकारले गरेको काम संवैधानिक भएको बताए । सरकारले गरेको काम नेपालको कानून बमोजिम मान्यता प्राप्त हुने उनको भनाई छ ।

मन्त्री गुरुङले सडकमा नेपालको संविधान र राष्ट्रपति संस्थामाथि अभद्र, अशिष्ट र अराजनीतिक नारा लागेको भन्दै त्यसले नेपालको प्रणालीप्रति नै आँच आउने तर्फ सजग हुनुपर्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस