समाचार

अदालतको फैसला जे आउँछ त्यही कुरा मानेर अगाडि बढ्छौँ : नेता महर

nayan sing mahar

१७ पुस, काठमाडौं । नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतमा प्रतिनिधिसभाको विघटनको मुद्दाले प्रवेश पाइसकेपछि अदालतकदनिर्णयलाई नेपाली काँग्रेसले पर्खेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस ‘रुल अफ ल’ मा पनि विश्वास गर्ने र कानूनको राज्य भनेको नै प्रजातन्त्र भएकाले अदालतको आदेश वा निर्णयलाई पर्खेको बताए ।

“अदालतको आदेश, निर्देशन र फैसला जे आउँछ त्यही कुरा मानेर अगाडि बढ्छौँ”, नेता महरले भने, “नयाँ प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नका लागि आफ्ना कदम अगाडि बढाउने छौँ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस