समाचार

सुदूरपश्चिममा थप ११३ जनामा कोराना सङ्क्रमण

coronavirus

१७ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गएको तीन दिनमा कोभिड-१९का शङ्कास्पद ७७३ जनाको नमूना परीक्षण गरिँदा ११३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, अछाम, बाजुरा र डडेलधुरा, डोटीलगायत जिल्लाका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । तीन दिनमा थपिएका सङ्क्रमितसमेत हालसम्म प्रदेशमा कोभिड-१९ का कूल सङ्क्रमित १३ हजार ६१६ पुगेका छन् । उपचार व्यवस्थापनपछि १० हजार ९८७ जना डिस्चार्ज हुनुभएको छ । निको हुने दर पछिल्ला दिनमा घट्दै गएको छ । तीन दिनमा १६ जना मात्र उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् । सङ्क्रमितको मृत्यु हुने दर पनि रोकिएको छैन ।

हालसम्म प्रदेशका विभिन्न जिल्लाका ५० सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । होम आइसोलेसन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका तीन जनाको सघन उपचार कक्ष ९आईसीयू०मा र एक जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ ।

प्रदेशमा हालसम्म शङ्कास्पद एक लाख ३२ हजार ४३५ को नमूना सङ्कलन गरिएकोमा एक लाख ३१ हजार ७०२ को परीक्षण गरिएको छ । परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को पाँच प्रतिशत हुन आउँछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस