१८ पुस, काठमाडौं । काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम १.३ डिग्री सेल्सियस मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रमा १.३ डिग्री मापन भएको जनाएको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र गण्डकी प्रदेशका केही क्षेत्रमा हल्का पानी पर्ने सम्भावना देखिएको छ ।
यस्तै लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस