सौन्द्धर्य

कपाल झर्ने समस्या छ ? छुटकारा पाउन यी घरेलु उपाय अपनाउनुस् !

hair

१८ पुस, काठमाडौं । मेथीका दानाहरूले सुन्दरता बढाउन मद्दत गर्छन् । यी दानाहरूमा अधिक मात्रामा एन्टीअक्सिडेन्ट र पोषक तत्त्व पाइन्छन् जसले कपाल झर्न रोकिदिन्छन् ।

मेथीका दानाहरूबाट हेयर मास्क बनाउने विधि हामी तपाईंलाई यहाँ बताउनेछौं । यसका लागि आवश्यक सामग्री यी हुन् :

  • एक मुट्ठी मेथीको दाना
  • तीन चम्चा बेसन
  • एक चम्चा दही

विधि

  • मेथीलाई पानीमा ६ घन्टासम्म भिजाउनुस् अनि त्यहाँबाट निकालेर ग्राइन्डरमा हाल्नुस् । अनि तीन चम्चा बेसन मिसाउनुस् । अब त्यसमा एक चम्चा दही हाल्नुस् ।
  • सबै सामग्रीलाई राम्ररी पिँधेर पेस्ट बनाउनुस् ।
  • यो पेस्ट हप्ताको तीनचोटि टाउकोमा लगाउनुस् । कपालको जरासम्म पुग्नेगरी लगाएपछि दश मिनेट त्यत्तिकै छोडिदिनुस् । अनि त्यसपछि मनतातो पानीले टाउको धुनुस् ।
  • मेथीयुक्त हेयर मास्कले कपालको जरा बलियो बनाउँछ र झर्न दिँदैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस