समाचार

समाजलाई आध्यात्मिक बनाउन पुस्तकालय स्थापना गरिने

Library

१८ पुस, काठमाडौं । विसं २०३७ मा काठमाडौं महानगरपालिका वडा नं ४ विशालनगरमा स्थापना भएको श्री शिवानन्द साधना केन्द्रले समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन पुस्तकालय स्थापना गर्ने भएको छ ।

केन्द्रको वार्षिक साधारणसभाका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय विशालनगरमा आयोजित कार्यक्रममा भौतिकतामा डुबेको समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन विभिन्न गतिविधि गर्ने प्रस्ताव पारित भएको हो । सो अवसरमा आध्यात्मिक चिन्तक एवं केन्द्रका आजीवन सदस्य डा चिन्तामणि योगीले भौतिक सुख सुविधालाईमात्र ध्यान दिने र आध्यात्मिक उन्नति प्रगतिमा वास्ता नगर्ने प्रवृत्ति मानिसमा बढ्दै जाँदा तनाव बढेकाले समाजलाई आध्यात्मिकरुपमा डो¥याउन केन्द्रले नेतृत्वदायी भूमिका खेल्ने बताए ।

व्यक्ति व्यक्तिका तनावले समाजमा विभिन्न किसिमका नकारात्मक प्रभाव पार्ने गरेकाले व्यक्तिलाई सकारात्मक बनाउन आध्यात्मिक शिक्षा, योग, ध्यानजस्ता गतिविधिलाई अघि बढाइनुपर्नेमा उनले जोड दिए । केन्द्रका अध्यक्ष ज्योत्स्ना राज्यलक्ष्मी थापाले समाजलाई आध्यात्मिकरुपमा डो¥याउन शिक्षा दिने उद्देश्यले धर्म, संस्कृति, अध्यात्मलगायत सकारात्मक भाव बोकेका पुस्तक राखेर पुस्तकालय स्थापना गर्न लागिएको जानकारी दिइन् । पुस्तकालयसँगै योग अभ्यास, प्राणायाम, ध्यान, भक्ति सङ्गीत लगायत गतिविधि गर्ने गरी साधारणसभाले नीति पारित गरेको पनि उनले बताइन् ।

पुस्तकालय स्थापनाका लागि केन्द्रले आध्यात्मिकलगायत सकारात्मक सन्देश दिने पुस्तक सङ्कलनसमेत शुरु गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस