समाचार

प्रदेश सांसद न्यौपाने ओली पक्षमा लागे, लुम्बिनी प्रदेशमा तरङ्ग

dadhiram naupane

१८ पुस, काठमाडौं । लुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद् दधिराम न्यौपाने नेकपा (ओली पक्ष) मा लागेपछि तरङ्ग पैदा भएको छ । पूर्वमाओवादी धारका प्रत्यक्ष निर्वाचित सांसद् ओली पक्षमा खुलेर लागेपछि सो पक्ष हौसिएको छ भने प्रचण्ड–माधव नेपाल पक्ष थप चिन्तित बनेको छ ।

नेकपा विभाजित बनेसँगै अहिले सांसदहरु तानातानमा परेका छन् । प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू (प्रचण्ड माधव नेपाल) छाडेर ओली पक्षमा लागेको लोकान्तरसँग स्वीकार गरे । प्रदेशसभामा ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद रहेका छन् । उनीसँगै पार्टीमा प्रदेशका उम्मेदवार अनुप बराल पनि नेकपा ओली पक्षमा आएका छन् ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अहिले जोगाउन सांसद आफ्नो पक्षमा तान्ने अभियानमा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस