समाचार

ओली पक्षको वृहत् कार्यकर्ता भेला कमलादीमा

kamaladi bhela

१८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सम्मिलित नेपाल कम्युनिष्ट पार्टीको बृहत् कार्यकर्ता भेला कार्यक्रम आयोजना भएको छ ।

नेकपा काठमाडौं जिल्ला कमिटीले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरेको भेलालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले पनि कार्यक्रममा बोल्ने तय भएको छ ।

यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा भेला आयोजना गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस