
१८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षको वृहत् कार्यकर्ता भेला काठमाडौंमा सुरु भएको छ । भेला काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको हो ।
काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलामा ईश्वर पोखरेल, वामदेव गौतम, कृष्णगोपाल श्रेष्ठ सहभागी भइसकेका छन् ।
भेलालाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्। उनी केही बेरमा भेलामा उपस्थित हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस