समाचार

सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो सहरी विकास मन्त्री प्रभु साह सवार गाडी

Bachhu Tamang

१८ पुस, जनकपुरधाम । सहरी विकासमन्त्री प्रभु साहको गाडीले सवार गाडीले एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको छ ।

पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । ‘ठक्कर दिएर भागेको गाडी मन्त्रीज्यूकै रहेको खुल्यो’ उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस