समाचार

खिया लागेको दुईवटा ‘नटबल्टु’ फुक्लिँदा पार्टी गतिशील भयो : प्रधानमन्त्री ओली

kp oli

१८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको आरोप लगाएका छन् । उनले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरे ।

आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिएका छन् । उनले दुईवटा नटबल्टु फुक्लिँदा पार्टी गतिशील भएको बताएका छन् । तीनवर्षदेखि पार्टी गतिशील हुन नसकेको भन्दै उनले अब पार्टीले गति लिएको उनले बताए ।

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंको आज आयोजना गरेको जिल्ला कमिटी भेलालाई संबोधन गर्दै संबोधन गर्दै उनले नटबल्टु खिया लागेर आफैं फुक्लिएको टिप्पणी गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस