समाचार

प्रदेश नं १ मा ९५ सङ्क्रमित निको भए, ३१ संक्रमित थपिए

coronavirus

१८ पुस, मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

निको हुनेहरुमा होम आइसोलेसन र विभिन्न जिल्लाका कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेहरुको सङ्ख्या २८ हजार ५२५ पुगेको छ ।

प्रदेश १ मा शनिबार ३१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २, सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमतिको संख्या २९ हजार ८४३ पुगेको छ ।

प्रदेश १ मा आज ३२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ९ हजार २३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस