
१८ पुस, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको खातामा रहेको रकम प्रचण्ड–नेपाल समूहका नेताले झ्वाम पारेको बताएका छन् ।
“पार्टीका खातामा ३० लाख रहेछ । एउटा मान्छे गएर झ्वाम गराएछन् । यिनीहरुको ध्यान कहाँ छ भन्दा बैंकमा राखेको पैसामा छ । कार्यकर्ताले मुस्किलले जोडेको जमिनमा छ । कसको ध्यान कहाँ कसको ध्यान कहाँ ? कसको धन्दा के कसको धन्दा के ?,” ओलीले भने, “हामी यता धेरै जान चाहन्नौँ । हामी पो पार्टी हौँ भनेर हिँडेका रहेछन् ।”
प्रतिक्रिया दिनुहोस