समाचार

नवजात शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ जना पक्राउ

kritipur aspatal

१८ पुस, काठमाडौं । डेलिभरीका क्रममा नवजात शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पतालमा तोडफोड भएको छ ।

शनिबार दिउँसो मृतक पक्षले अस्पतालमा तोडफोड गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए । उनका अनुसार तोडफोड गरेपछि १७ जनालाई पक्राउ गरिएको छ ।

शुक्रबार राति नैकाप बस्ने २५ वर्षीया सबिना सुवेदीको डेलिभरीका लागि अस्पताल भर्ना गरिएको थियो । पीडितका आफन्तले डाक्टरको लापरवाहीले बच्चाको निधन भएको दावी गरेका छन् ।

पक्राउ गरिएकाहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस