राजनीति

यस्तो छ नेकपाको आन्दोलनको कार्यक्रम

prachanda

१८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको नेकपाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

कार्यक्रम अनुसार २० पौष सम्म पालिका स्तरमा भेला, २५ गतेसम्म प्रदेश स्तरमा संघर्ष समिति गठन गने जनाइएको छ ।

आन्दोलनको कार्यक्रम अन्र्तगत २१ पौषमा राजधानीलगायत प्रमुख शहरहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गराउने कदमबारे विभिन्न राजनीतिक दलसँग अन्र्तक्रिया गर्ने, २३ गते नागरिक समाजसँग अन्र्तक्रिया, २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने, २६ गते सडक संविधान वाचन व्याख्या कार्यक्रम, २८ गते देशव्यापी घरदैलो पर्चा वितरण तथा टोल टोलमा कालो झण्डा गाड्ने कार्यक्रम तय भएको छ ।

२९ पौषमा निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, ५ माघमा पालिकाहरुमा विरोध प्रदर्शन, १० माघमा उपत्यकालगायत देशका प्रमुख शहरहरुमा मोटरसाइकल रयाली, १६ र १७ माघमा प्रदेशहरुमा विरोधसभा, २२ माघमा देशभर मसालजुलुस निकालिने र २३ माघमा काठमाडौंमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरिने नेकपा प्रचण्ड समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

aandolan program

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस