समाचार

नेपाललाई रोकेर महाकालीमा आफूखुसी बाँध बनाउँदै भारत

mahakali river

१९ पुस, काठमाडौं । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो । बाढीले निरन्तर पुर्‍याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो । नेपालले खोलाको किनारभन्दा सरदर सय मिटर वरै तटबन्ध बनाइरहेको थियो । भारतको आपत्ति थियो– ‘सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा हाम्रो भूभाग डुब्न सक्छ । बनाउने भएर अलि परैबाट बनाउनू ।’

नेपालले तटबन्ध अझ वर सार्‍यो। तर, त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी नै पुर्दै तटबन्ध बनाइरहेको छ । त्यही पनि बाढीपूर्वको नेपाली भूभागमा । दार्चुला जिल्ला प्रशासनले उक्त निर्माण कार्य रोक्न भारतको धारचुला पिथौरागढका उपजिल्ला अधिकारीलाई पुस २ गते पत्राचार गरेको थियो। तर, निर्माण निरन्तर चलिरहेको छ। नदीतर्फ ढुंगामाटो खसाल्दै डोजरहरू चलिरहेका छन् ।

‘भारतको एसडीएमलाई पत्राचार भइसकेको हो । उसले पत्रको वास्ता नगरी संरचना बनाइरहेको छ’, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, ‘सीमा नदीमा बिनासमन्वय काम गर्नुहुँदैन । भारतले काम गरिरहेको छ भन्ने कुरा मैले नेपाल सरकारलाई पनि जानकारी गराइसकेको छु । बाँकी अब परराष्ट्र मन्त्रालयको पत्र कुरिरहेका छौं ।’ गृह र परराष्ट्र मन्त्रालयलाई पुस २ गते नै पत्राचार गरिसकेको र परराष्ट्रबाट आफूलाई जानकारी प्राप्त नभएको पोखरेलले बताए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस