समाचार

कोरोनाको रिपोर्ट किन फरक–फरक ? यस्तो छ अध्ययनको निष्कर्ष

corona vaccine

१९ पुस, काठमाडौं । कोभिड–१९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा नतिजामा भिन्नता देखिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको कोभिड–१९ डायग्नोस्टिक ल्याबहरुको मूल्यांकन अध्ययनले यस्तो नतिजा देखाएको हो ।

परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले कुनै अस्पताल वा प्रयोगशालाले नाक र कसैले मुखबाट स्वाब लिने गरेकाले पनि रिपोर्टमा भिन्नता आएको बताए । उनले भने, ‘नाकबाट स्वाब संकलन गर्दा आवश्यक तालिमप्राप्त व्यक्ति चाहिन्छ । यो राम्ररी गरेको पाइएन ।’

देशभरका ६४ प्रयोगशालामा अध्ययन गरिएको थियो जसमा ४३ वटा सरकारी र २१ वटा निजी प्रयोगशाला समावेश थिए । यो समाचार आजको कान्तिपुरमा खबर छापिएकाे छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस