खेलकुद समाचार

सेल्टाभिगोलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

real madrit

१९ पुस, काठमाडौं । सेल्टाभिगोलाई हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल २–० गोलले विजयी बनेको हो ।

गत नोभेम्बर २१ देखि अपराजित रहँदै सेल्टा स्यान्टियागो बर्नाबेउ आएको थियो । तर, खेलको छैटौँ मिनेटमा नै लुकास भाज्क्वेजको गोलमा पछि पर्यो । भाज्क्वेजले मार्को असेन्सियोको क्रसमा रियललाई अग्रता दिलाए । दोस्रो हाफमा असेन्सियोले कासिमेरोको पासमा रियलको अग्रता दोब्बर बनाए ।

सेल्टाले ला लिगाका शीर्ष गोलकर्ता इयागो आसपासलाई दोस्रो हाफको सुरुवातमा गुमाएको थियो । टोलीले रियलको पोष्टमा उल्लेख्य आक्रमण गर्न सकेन । जीतसँगै एक अंकले एथ्लेटिको म्याड्रिडलाई उछिन्दै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, डिएगो सिमिओनीको टोलीले ३ खेल कम खेलेको छ । आइतबार एथ्लेटिकोले आलाभेसको सामना गर्दैछ ।

शनिबार भएका अन्य खेलमा भिल्लेरियालले लेभान्तेलाई २–१ ले हरायो भने रियल भालाडोलिडले गेटाफेलाई १–० ले पराजित गर्यो । सेभिया भने रियल बेटिससँग १–१ को बराबरीमा रोकियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *