राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

Nepali Congress Party Office

१९ पुस, काठमाडौं । स्थगित रहेकाे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गते सुरू भएकाे उक्त बैठक १० स्थगित गरिएको थियो । आज (आइतबार) दिउँसो १ बजे पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा साे बैठक बस्न लागेको जनाइएकाे छ ।

प्रतिनिधि सभा विघटनपछि कांग्रेसभित्र निर्वाचनमा जाने या आन्दोलनमा भन्ने बहस जारी छ । साथै याे विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णय पर्खने कि भन्ने पक्षमा पनि नेताहरूबीच मतभेद छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ । कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमबारे १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस