
१९ पुस, काठमाडौं । नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेमगरले तिब्र रुपमा जनताका विकासका काम गर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोरायल वडा कमिटिले डोटीको जिल्लाको बुडरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उनले आफ्नो कार्यकाल छोटो भएपनि जनताका काम भने सबै पुरा गर्ने बताए ।
उनले भने, “हाम्रो कार्यकाल छोटो छ, तर जनताका अधुरा रहेका सबै योजना पुरा गर्ने छौँ, समय भएन भनेर चुप बस्ने छैन काम गरेर देखाउने छु ।”सोही कार्यक्रममा बोल्दै मन्त्री आलेमगरले आफ्नो कार्यकाल पाँच महिने अवधीको भएपनि आफुले यो पाँच महिनाको अवधीमा कम्तिमा पनि १६ महिना वरावरको काम गर्ने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला डोटी पुगेका मन्त्री आलेमगरले जनताका विकासमा बाधा पर्ने कुनैपनि काम नरोक्ने प्रतिबद्धता जनाउनु भएको छ ।“