समाचार

कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु, विदेशमा मृत्यु हुनेको संख्या ३१५ पुग्यो

covid 19 dead body

१९ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा एकजना र पोर्चुगलमा दुईजनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु  हुनेको कुल संख्या ३ सय १५ पुगेको  छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका  ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता  स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने २ लाख ५३ हजार ८ सय ५७ जना अर्थात ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस