समाचार

ललितपुरको गेष्ट हाउसमा २७ वर्षीया महिलामाथि सामुहिक बलात्कार

rape

१९ पुस, काठमाडौं । ललितपुरस्थित एक गेष्ट हाउसमा बोलाएर एक महिलामाथि सामुहिक बलात्कार भएको छ ।

ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा २७ वर्षीया महिलामाथि बलात्कार गरेको भन्दै प्रहरीले उक्त गेस्ट हाउसबाट २ जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका घर भएका ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जना छन् ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो २ जना पुरुषले ग्वार्को बस्दै आएकी महिलालाई ललाई फकाई प्रलोभनमा पारी गेस्ट हाउसमा लगेर बलात्कार गरेका थिए ।

पक्राउ परेका दुवै जनाविरुद्ध जवर्जस्ती करणी सम्बन्धी कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *