समाचार

वैशाख १७ र २७ मै चुनाव हुन्छ : प्रधानमन्त्री ओली

kp oli

१९ पुस, काठमाडौं । सरकारले १७ र २७ वैशाखमा घोषणा गरेको मध्यावधि चुनाव नहुने भन्दै आशंका गर्न थालिएपछि  प्रधानमन्त्री केपी ओलीले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । आज बबरमहलमा नेकपा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले  तोकिएको समयमै निर्वाचन हुने बताएका हुन् ।

उनले चुनाव हुँदैन भनेर भ्रम सिर्जना गर्न खोजेकोसमेत आरोप लगाए । ‘अहिले चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । साथीहरुलाई आग्रह गर्न चाहन्छु,  तपाईहरु भ्रममा नपर्नुस्, वैशाख १७ र २७ गते चुनाव हुन्छ। कसैले पनि टार्न सक्दैन ।’

नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीले वैशाख चुनाव नगर्ने दाबी गरेका छन् । यो समूह प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक आन्दोलनमा उत्रिएको छ । तर राप्रपा, नेपाली कांग्रेसलगायत केही दलले वैशाखमा हुने चुनावको स्वागत गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *