अर्थनीति

सेयर बजार परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा

share market

१९ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्षपछि पहिलोपटक कारोबार भएको दिन आज आइतबार नेपाली सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमलाई बेवास्ता गर्दै अगाडि बढ्ने क्रममा सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको हो ।

साताको पहिलो दिन समेत रहेको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८८ अंकले बढेको हो । कारोबार खुलेदेखि नै तीव्र गतिमा बढ्न थालेको परिसूचक उत्साहजनक दोहोरो अंकको वृद्धिपछि दुई हजार १७५ अंकमा पुगेर रोकिएको छ ।

यो दिन कुल ६ अर्ब ३४ करोडको ४० लाख रुपैयाँ बराबरका शेयर खरिदबिक्री भएका छन् । कारोबारको सुरुदेखिनै तीव्र रुपले बढेको बजारमा कारोबार भएका १ सय ७४ कम्पनीमध्ये आइतबार १ सय ५२ कम्पनीको मूल्यमा बढोत्तरी भएको छ । १४ वटा कम्पनीको मूल्य घट्दा बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ ।

आइतबार सबै उपसूचकहरु बढे पनि सबैभन्दा बढी बढोत्तरी व्यापारमूलक क्षेत्रमा ९.६४ प्रतिशतले भएको छ । त्यस्तै, अन्य क्षेत्रका परिसूचक पनि ६.१४ प्रतिशतले बढेको छ । उच्च वृद्धिका बाबजुद यो दिन ५ वटा कम्पनीको मात्रै मूल्यमा सकारात्मकसर्किछ लागेका छ । हिकालयन डिस्टिलरी र साल्ट ट्रेडिङको मूल्य १० प्रतिशत बढेको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी र प्राइम लाइफको साधारण तथा संस्थापक शेयर दुवैको मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी गिरावट गिरावट चाहिँ राधी जलविद्युत्को ४.२९ प्रतिशत बराबर भएको छ । १ महिनाअघि नै २ हजार विन्दु पार गरेको सेयर बजार यो अवधिमा स्थिरजस्तै थियो । नयाँ बर्ष सुरु भएपछि फेरि बजारले उच्च वृद्धि हासिल गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस