समाचार

पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

१९ पुस, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार ५ हजार ८०० जनामा गरिएको परीक्षणमा ४२१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।

त्यस्तै आइतबार ६३७ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । हाल देशभर ५ हजार ४८७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *