
१९ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जना संक्रमित थपिएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार ५ हजार ८०० जनामा गरिएको परीक्षणमा ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस