
१९ पुस, काठमाडौं । नबिल बैंकले सरकार सम्बद्ध व्यक्तिहरुले बैंकसँग चन्दा माग नगरेको स्पष्ट पारेको छ।
बिभिन्न अनलाइन मिडियाहरूमा ‘नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेका’ भने भ्रामक समाचार प्रकाशित भएको भन्दै सो समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।
आइतबार विज्ञप्ति प्रकाशित गरी सो समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तीमार्फत शाहले भनेका छन्, ‘चन्दासम्वन्धि खवरबारे बैंकको विमती छ । यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं । नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।’
नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको वाणिज्य बैंक हो ।
प्रतिक्रिया दिनुहोस