बैँक / वित्त

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेड बीच व्यवसायीक सम्झौता

mbl mou

१९ पुस, काठमाडौं । माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र अग्नीका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएसमार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *