समाचार

वाग्मती प्रदेशसभाको बैठक माघ ७ मा

pradesh sabha bagmati

१९ पुस, मकवानपुर । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आज आह्वान गरेका छन् ।

प्रदेशसभाको सातौँ बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएअनुसार प्रदेश प्रमुख प्रसाईले आज उक्त बैठक बोलाउन आह्वान गर्नुभएको प्रदेशप्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको छैटौँ बैठक गत साउन ८ गते राति १२ः०० बजे अन्त्य भएको थियो । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८०, नेपाली कांग्रेसका २२, नेपाल मजदुर पार्टीका दुई, विवेकशील साझा दलका तीन, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी कूल ११० प्रदेशसभाका सदस्य रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस