फुटबल

रोनाल्डोको दुई गोलमा युभेन्टसको सहज जित

ronaldo

२० पुस, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गर्दा युभेन्टसले उडिनेजेमाथि ४–१ को सहज जित हासिल गरेको छ । रोनाल्डोले खेलको ३१ औँ मिनेटमा एरोन रामशेको पासमा युभेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले फेडेरिको चिएसाका लागि गोलको असर सिर्जना गरे ।

त्यसपछि ७० औँ मिनेटमा अर्को गोल थप्दै युभेको अग्रता फराकिलो बनाए । यो सिजन उनले ११ लिग खेलमा १४ गोल गरेका छन् । उनी सिरिए ए को यो सिजन सर्वाधिक गोलकर्ता हुन् । स्टपेज टाइममा उडिनेजेको लागि मार्भिन जिगेलारले सान्तवना गोल फर्काएपछि पाउलो डिबालाले अर्को थपे । आन्द्रे पिर्लोको टोली शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा १० अंकले पछि लिगको पाँचौ स्थानमा रहेको छ ।

उता, १० खेलाडीमा सिमित एसी मिलानले बेनेभेन्टोमाथि २–० को जीत हासिल गर्यो । दोस्रो स्थानमा रहेको इन्टर मिलानले कोरोन्टेलाई ६–२ गोलअन्तरले हरायो । खेलमा इन्टरका लागि लाउटारो मार्टिनेजले ह्याट्रिक गरे । त्यस्तै, नापोलीले काग्लियारीलाई ४–१ र रोमाले साम्पडोरियालाई १–० ले पराजित गर्यो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस