
२० पुस, काठमाडौं । काठमाडौं उपत्यकामा थप १८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, सोमबार नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १८८५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस